धोबी खोलामा पुरुषको शव भेटियो

जेठ, २४ काठमाडौं । काठमाडौंको धोबी खोलामा एक जनाको शव भेटिएको छ ।
सुकेधारबाट कपन जानेबाटो नजिक खोलामा पुरुषको शव फेला परेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिएका छन ।
खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको हो ।