आदेश बिना प्रहरीले गोली चलायो, कारवाही गर्छौँ
जेठ, २४ काठमाडौ । गृहमन्त्री वालकृष्ण खाँणले बर्दियाको मधुवन सोनामा प्रहरीको गोलीबाट मारिएकी नविना चौधरीको घटनाबारे प्रतिनिधि सभा बैठकमा जानकारी गराएका छन् । आज प्रतिनिधि सभा बैठकमा उनले सीडीओको आदेशबिना प्रहरीले गोली चलाउँदा चौधरीको मृत्यु भएको बताउँदै दोषी प्रहरीलाई कारवाही गर्ने प्रतिबद्धता जनाए ।
सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै उनले दोषीलाई कारवाही गर्नका र घटनाको सत्यतथ्य छानविनका लागि गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति बनाएको जानकारी गराए । घिमिरेको नेतृत्वमा प्रहरी उपरिक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका गिरिराज पाण्डे लगायत ५ जनाको छानविन समिति बनाइएको छ ।
नागरिकलाई गोली हान्न सरकारले आदेश नदिने भन्दै मन्त्री खाँणले दोषीलाई कारवाही गर्ने प्रतिबद्धता जनाए ।
आज विहान सर्वदलीय बैठक बसेको, घाइतेको उपचार गर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराउने, मृतकको परिवारलाई भरणपोषणको व्यवस्था मिलाउने बताए ।