सुत्केरी आमालाई ५ हजार आर्थिक सहयोग
जेठ, २५ काठमाडौं । झापाको कचनकवल गाउँपालिका वडा नम्बर १ ले आफ्नो वडामा सुत्केरी भएका आमा र बच्चाको पोषणको लागि ५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । वडा अध्यक्ष महावीर लिम्बुका अनुसार यही चालु आर्थिक वर्ष साउनदेखि लागू हुनेगरी सुत्केरी आमाहरू र बच्चालाई पोषण उपलब्ध गराउने हेतुले ५ हजार सहयोग गर्न लागिएको हो ।
आदिवासी समुदायको बाहुल्य रहेको उक्त वडाका नागरिकको मृत्यु भएमा पनि क्रिया खर्च वापत ५ हजार सहित संवेदना पत्र वडाले लैजाने वडाको पहिलो मिटिङ्ग्ले निर्णय गरेको अध्यक्ष लिम्बुले बताए ।
वडा अध्यक्ष लिम्बूका अनुसार साविक घेरावारी गापा रहेको वडा नम्बर १ का किसानको हितको लागि भोल्टेज सुधार कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बड्न लागिएको बताएका छ्न । त्यस्तै सामाजिक सुरक्षा भत्ताका कारण बृद्ध अवस्थाका नागरिकले पाएको कष्ट लाई मध्य नजर गर्दै वडा कार्यालय नजिकैको बैंकबाट भत्ता उपलब्ध गराउने पहलकदमी शुरु गरिएको उनले बताए ।