मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनको तयारीमा लाग्न प्रचण्डको निर्देशन
जेठ, २६ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पर्क समन्वय कमिटीलाई आगामि मंसिरमा हुने संघीय र प्रदेशको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका छन् ।
आज सम्पर्क समन्वय विशेष प्रदेशको कार्यालयको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका हुन् ।
उनले सम्पर्क समन्वय विशेष प्रदेशको स्थानीय तहको निर्वाचनमा विशेष भूमिका रहेको भन्दै उनले संघीय र प्रदेशको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिए ।