Yeti Khabar

२०८१ मंसिर ७, शुक्रबार - Fri Nov, 2024 -

प्रचण्डलाई ओलीको कटाक्ष : एमाले जस्तो हुन पाए मान्छे कुट्दै हिंड्थे

जेठ, २७ विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दल अरु पार्टीहरुसँग तुलना गर्न नसक्ने गरी मजबुत बनेको प्रमाणित भएको बताएका छन् ।

मोरङमा शुक्रबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सिटमा थोरै तलमाथि भए पनि एमाले सबभन्दा ठूलो पार्टी भएको बताए । स्थानीय चुनावमा लोकप्रिय भोट सबभन्दा बढी एमालेले पाएको भन्दै उनले भने, ‘सिटमा अतिकति तलमाथि भयो होला । तर त्यो जम्मा सिट आफ्नो भोटले होइन । यो थालमा जुठा गाँसहरु परेका छन् । नेकपा एमाले त्यस्तो होइन, आफ्नै भोट छ ।’

तर कतिपयले कांग्रेसलाई एमालेको हालत बनाइदिने भनेर धम्की दिएको भन्दै प्रचण्डप्रति व्यंग्य गरे । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हालै एक सार्वजनिक कार्यक्रममा कांग्रेसमा दम्भ देखिए एमालेको जस्तो हालत बनाउने चेतावनी दिएका थिए ।

‘कांग्रेसले घमण्ड नगरोस्, घमण्ड गर्यो भने एमालेकै हालत बनाइदिन्छु । एक जनाले धाक लगाएको सुनियो’, प्रचण्डको नाम नलिई एमाले अध्यक्ष ओलीले भने, ‘तिनको उचाइ कति छ भनेको कम्मर कम्मर अलि पुग्दा रहेनछन् । धाक चाहिं कत्रो थियो भने कांग्रेसले घमण्ड नगरोस्, एमालेको हालत बनाइदिउँला । आफ्नो हालत के छ भन्दा घुँडाघुँडा । यस्ताले धाक लगाउँछन् एमाले जस्तो बनाउने ।’

‘एमाले जस्तो हुन पाए के गर्थे होलान् तिनले ? मान्छे कुट्दै हिंड्थे । पहिले मान्छे मार्दै हिंडेको होइन ?’ ओलीले भने, देशको सबभन्दा ठूलो बनाउन पाए के खोज्थे । अनलाइन बाट प्रकाशित

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com