सांसदमा पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको जिम्मेवारी भारतलाई दिने निर्णयमाथि प्रश्न
जेठ, २९ काठमाडौं । सांसद भीम रावलले पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको जिम्मेवारी भारतको सरकारी कम्पनीलाई दिने निर्णयमाथि प्रश्न उठाएका छन् । आजको प्रतिनिधिसभामा बोल्दै उनले ७५० मेगावाट क्षमताको आयोजना भारतीय कम्पनीलाई प्रतिस्पर्धाबिना दिनुको औचित्य खोजेका हुन् ।
‘बुढीगण्डकी जलविद्युत् आयोजना प्रतिस्पर्धा बिनै चीनलाई दिइएको भन्दै खोस्ने प्रधानमन्त्रीले पश्चिम सेती निर्माणको जिम्मेवारी भारतलाई दिनुअघि बोलपत्र आह्वान भयो ?,’ रावलले प्रश्न गरे ।