आज प्रतिनिधि सभाको बैठक बस्दै
जेठ, ३० काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा बजेटबारे सांसदहरूले उठाएका प्रश्नमाथि केन्द्रित रहेर मन्त्रीहरूले जवाफ दिने भएका छन्।
आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दैछ।
उक्त बैठकमा विनियोजन विधेयक (बजेट) २०७९ को विभिन्न शीर्षकमा मन्त्रालयगत छलफलमा उठेका विषयमा मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।