काँग्रेस र एमालेबीच गोलाप्रथाबाट भागबण्डा
असार, १ काठमाडौं । जिल्ला समन्वय समिति मनाङमा नेपाली काँग्रेस र नेकपा एमालेले गठबन्धन गरेका छन् । सहमति अनुसार नै भोली मनोनयन दर्ता गरिने भएको हो ।
उनीहरुले प्रमुख र उपप्रमुख कसले लिने भनेर गोलाप्रथा पनि गरेका छन् । जस अनुसार एमालेको भागमा प्रमुख र काँग्रेसको भागमा उपप्रमुख परेको छ । प्रमुखमा एमालेका चिनबहादुर घले र उपप्रमुख चन्द्रबहादुर घलेलाई उम्मेदवार बनाउने सहमति पनि भएको छ ।