१ अर्ब २ करोड मूल्य बराबरको लागू औषध हेरोइन बरामद

असार २ काठमाण्डौ । लागूऔषध कारोबारी विरुद्ध प्रहरीले हालसम्मकै ठूलो अप्रेशन सफलतापूर्वक सम्पन्न गरेको छ । केही दिनको बीचमा लागू औषध नियन्त्रण ब्यूरोले १ अर्ब २ करोड मूल्य बराबरको लागू औषध हेरोइन बरामद गरेको छ ।

ब्युरोका एसपी जीवन श्रेष्ठले विभिन्न स्थानबाट ५१ किलो हेरोइनसहित ७ जनालाई पक्राउ गरिएको बिहीबारको पत्रकार सम्मेलनमा जानकारी दिए ।
बरामद भएका हेरोइनमध्ये ४९ किलो सेतो र २ किलो खैरो रहेका छन् । ब्यूरोले ५१ केजी सेतो हेरोइनसहित ७ जना दक्षिण अफ्रिकन महिलालाई समेत पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिबिसी थान्डेकिले, मुरिएल केदुकवाजी थेम्बेनी न्साम्बा, त्शाबाला खान्यिसिल इभोन्ने, रोसिन्हा नोन्केले जान्त्जो, महलाको मौरीन माथिबा, मोरोसी सुजान कोफु र मार्लेसे बाडेनहोर्स्ट रहेका छन् ।

ब्युरोका अनुसार यो लागुऔषध विरुद्धको अहिलेसम्मकै ठुलो अपरेशन हो ।

चार दिन लामो अपरेशन चलाएर ब्यूरोले ५१ किलोभन्दा बढी सेतो हेरोइन बरामद गरिएको लागु औषध नियन्त्रण ब्युरोका एसपी जीवन श्रेष्ठले जानकारी दिए । सो लागुऔषध दुवईबाट काठमाडौं ल्याइएको हो ।