बालेनले कर्मचारीमाथि छड्के जाँच ४ जना कर्मचारी काबार्हीमा

असार,२ काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साह कर्मचारीहरुबाट हुनसक्ने अनियमिता र सेवाप्रवाह ढिलाइप्रति कडा रुपमा प्रस्तुत हुन थालेका छन् ।
काम छलेको, समय मै कार्यालय आए–नआएको लगायतका कुरामा मेयर बालेनले विशेष ध्यान दिन थालेको महानगरमा कार्यरत कर्मचारीहरुले बताएका छन् ।

महानगरका एक कर्मचारीका अनुसार बालेनले कर्मचारीमाथि छड्के जाँच गर्न समेत सुरु गरिसकेका छन् । वडा कार्यालयदेखि विभागसम्म गरेको छड्केमा हालसम्म ४ जना कर्मचारी परिसकेको महानगरका एक कर्मचारीले जानकारी दिएका छन् ।

ती ४ जना कर्मचारीलाई स्पष्टिकरण सोधिसकेको छ । वडा वडाका कर्मचारीलाई कुनै पनि बेला चेकिङ आउन सक्ने भन्दै अलर्ट रहेर काम गर्न निर्देशन दिइएको छ ।
काठमाडौं महानगरपालिकाले अब हाजिर अनुसार मात्रै तलब वितरण गर्ने भएको छ । बिहीबार महानगरको प्रशासन विभाग प्रमुख महेश काफ्लेले एक सूचना जारी गर्दै काठमाडौ महानगरपालिका अन्तर्गतका कर्मचारीले हाजिरअनुसारको मात्रै तलब पाउने जानकारी गराइसकेका छन् ।