Yeti Khabar

२०८१ मंसिर ६, बिहीबार - Thu Nov, 2024 -

घनश्याम भुषाल प्रति एमाले अध्यक्ष केपी शर्मा ओलीको कटाक्ष, समय आए बदला लिने

असार, २ काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र बसेर नेतृत्वलाई बदनाम गराउनेको समयक्रमा हिसाब किताब हुने बताएका छन् । काठमाडौंमा एमालेबाट निर्वाचित स्थानीय जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रमलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी नेतृत्वलाई दानवीकरण गर्न र अलोकप्रिय बनाउन एमालेकै नेताहरु लागि परेको दाबी गरे । उनले कसैको पनि नाम उल्लेख नगरी पार्टी र नेतृत्व बदनाम गर्नेहरुलाई समयले नछोड्ने चेतावनी दिए ।

एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले ओलीमाथि कडा टिप्पणी गर्दै आएका छन् । यस्तै क्रममा उनले बुधरबार मात्र पनि संसद विघटन र नेकपा विभाजनमा ओलीले जिम्मेवारी लिनुपर्ने बताएका थिए । भुसालको उक्त अभिव्यक्तिप्रति लक्षित गर्दै ओलीले भने, ‘पार्टी नेतृत्वलाई कसरी मदनाम गर्न सकिन्छ, विस्तापित गर्न सकिन्छ, दानवीकरण गर्न सकिन्छ, कसरी अलोकप्रिय बनाउन सकिन्छ ।

ती कामहरु पार्टीभित्र बसेर भइरहेको छ । त्यसको समय क्रममा समयले हिसाब किताब गर्ने छ । त्यमसा धेरै चिन्ता नगरौं ।’

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com