रेलको ठक्करबाट एक जना नेपालीको मृत्यु
भारतको पश्चिम बंगालमा पर्ने पानीट्याङ्कीमा रेलको ठक्करबाट एक जना नेपालीको मृत्यु भएको छ।
झापाको मेचीनगर वडा नम्बर ६ काँकडभिट्टाका ३० वर्षीय विजय श्रेष्ठको रेलको ठक्करले मृत्यु भएको प्रहरीले जनाएको छ।
भारतको बिहारबाट पश्चिम बंगालतर्फ जाँदै गरेको रेलले श्रेष्ठलाई हिजो बेलुकी करिब ८:१० बजेतिर ठक्कर दिएको थियो।
घटनापछि भारतीय प्रहरीले इलाका प्रहरी कार्यालय काँकरभिट्टालाई जानकारी गराएको थियो।