Yeti Khabar

२०८१ मंसिर ७, शुक्रबार - Fri Nov, 2024 -

रियलमीले सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन सार्वजनिक

असार, ३ काठमाडौं । रियलमीले सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन सार्वजनिक गरेको छ । विश्वमा सबैभन्दा छिटो अघि बढिरहेको सो स्मार्टफोन ब्रान्डले आज २०२२ का दुई सबैभन्दा रोमाञ्चक स्मार्टफोन सार्वजनिक गरेको हो । विश्वको सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन रियलमी जिटी नियो ३ सँगै सबैभन्दा प्रिमियम फ्लागशिप रियलमी जिटी २ प्रोपनि सार्वजनिक भएको छ ।

रियलमीले गत वर्ष सार्वजनिक गरेको रियलमी जिटी नियो २ को सफलता पछि रियलमी जिटी ३ सार्वजनिक गरेको हो । उक्त स्मार्टफोनमा जिटी २ प्रोले प्रयोगकर्ताहरुले उचित फ्लागशिपबाट के आशा गर्छन् भनेर नयाँपन अपनाएको छ ।

जिटी नियो ३ विश्वको र नेपालको सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन हो । १५० वाट अल्ट्रा डार्ट चार्जले मात्र ५ मिनेटमा ०–५० ५ चार्ज गर्छ । जिटी नियो ३ को साथसाथै, रियलमी जिटी २ प्रोे ले पेपर टेक डिजाइन र रियलमीको सुपर रियालिटी २के अमोल्ड फ्ल्याट डिस्प्ले सँगै स्वतन्त्र डिस्प्ले चिप जस्ता उत्कृष्ट फिचर, नविनता र उत्कृष्टता झल्काउँदै सार्वजनिक भएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com