थप १४ जनामा कोरोना संक्रमण पुष्टि संक्रमितको संख्या १०४

असार, ४ काठमाडौं । पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ५९० पीसीआर परीक्षणमा ११ जना र ९४४ एन्टिजेन परीक्षणमा ३ जना गरी १४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई ११ जना डिस्चार्ज भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १०४ रहेको छ ।