मलको चरम अभाव भएका बेला धादिङका किसानले रासायनिक मल लुटे

असार, ४ काठमाडौं । नेपालको मुख्य बाली धान खेती गर्ने समयमा रासायनिक मलको चरम अभाव भएका बेला धादिङका किसानले २ ट्रक रासायनिक मल लुटपाट गरेका छन् । आज धादिङको धार्के बजारमा रासायनिक मल बोकेको २ वठा ट्रक नियन्त्रणमा लिएर रासायनिक मल लुटपाट गरेका हुन् ।

सशस्त्र प्रहरीले मल लुटपाट रोक्न खोजेपनि उनीहरुको केही सीप लागेन । भन्सार छलेको भन्दै राजश्व विभागले नियन्त्रणमा लिएको अवस्थामा किसानले कब्जा गरेर मल घरतिर लगेका हुन् । उनीहरुले झन्डै ५ सय हाराहारी मल घरतिर लगेका छन् ।