ज्ञापनपत्र बुझाउन आएको महिलाहरुले उपप्रमुख किशोरी माथि चप्पल प्रहार
असार, ५ काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुखमाथि आक्रमणको प्रयास भएको भएको छ। आज नगरपालिकामा ज्ञापनपत्र बुझाउन आएको महिलाहरुले उपप्रमुख किशोरी साहमाथि चप्पल प्रहार गरेका छन्।
उपमहानगरपालिका- २३ बेलागाउँस्थित अतिक्रमण गरिएको जग्गा खाली गराउन माग गर्दै उनीहरू नगरप्रमुख मनोज साहलाई ज्ञापन पत्र बुझाउन आएका थिए। ज्ञापनपत्र बुझाउन आएको समूहलाई मेयर साह नभेटेपछि उनीहरूले उपप्रमुख साहलाई ज्ञापनपत्र बुझाएका थिए।

उपप्रमुख साहले ज्ञापनपत्र बुझेसकेपछि आफ्नो कार्यकक्ष भन्दा बाहिर कार्यालय प्रांगणमा सम्बोधन गर्न आएकी थिइन्। सम्बोधनको क्रममा उनले आफूहरु कसैलाई उजाड बनाउन नभई बसाल्न आएको बताएकी थिइन्।