म्याद थप्न लगेको थुनुवा जिल्ला अदालत काठमाडौंबाट फरार

असार, ५ काठमाडौं । म्याद थप्न लगेको थुनुवा जिल्ला अदालत काठमाडौंबाट भागेका छन् । प्रहरी वृत गौशालाको हिरासतमा रहेका २८ वर्षीय अनिल कुमार ठाकुर अदालतबाट भागेका हुन् ।

प्रहरीले उनलाई लागु औषध मुद्दामा पक्रेर अनुसन्धान गरिरहेको थियो । म्याद थप्न लैजाँदा भागेका आरोपीको खोजी भइरहेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता सन्तोष सिंह राठौरले बताए ।