चन्द्रागिरी नगरपालिका–९ स्थित मच्छेगाउँमा शव फेला
असार, ६ काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–९ स्थित मच्छेगाउँमा शव भेटिएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ घर भएका ४० वर्षीय रामकाजी थामी मृत अवस्थामा भेटिएका हुन् । मच्छेगाउँको टखेल नयाँबस्तीस्थित डेराको भुईँमा लडेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।
४ तले पक्की घरको भुइँमा रक्ताम्मे अवस्थामा भेटिएका थामीको शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।