मूल्यवृद्धिले सरकार नै अलोकप्रिय भयो : सांसद चौधरी
असार, ७ काठमाडौं । पट्रोलियम पदार्थको मूल्य भारी मात्रामा बढाउने निर्णय गलत भएको भन्दै नेपाली कांग्रेसकै सांसद पार्वता डिसी चौधरीले मूल्यवृद्धि फिर्ता लिन आग्रह गरेकी छिन् ।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद चौधरीले एकै पटक ह्वात्तै मूल्य बढाउनुको कारण स्पष्ट पार्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग माग गरिन् ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले जनताको ढाड सेकिएको छ, यस्तो निर्णयले सरकार पनि अलोकप्रिय भएको छ,’ सांसद चौधरीले भनिन्, ‘जनतालाई राहत दिनुपर्ने बेलामा सरकारले असोचनीय निर्णय गर्यो ।