बस दुर्घटना हुँदा एक जनाको मृत्यु,११ जना घाइते

असार, ९ काठमाडौं । सप्तरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा ५५ वर्षीया एक महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए।
उनका अनुसारआज बिहान पौने ११ बजे विराटनगरबाट कटारी जाँदै गरेको ना ५ ख १८९८ नम्बरको बस कोशी ब्यारेज र कंकालिनी मन्दिरको बीचमा पल्टिएर दुर्घटना भएको हो। बस अनियन्त्रित भई सडकबाट २० फिट तल खसेर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए।

प्रहरीले चार जनाको अवस्था गम्भीर रहेको र ७ जनाको अवस्था सामान्य रहेको जनाएको छ।
प्रहरी नायब उपरीक्षक काफ्लेले उपचारको लागि पठाइएको बस चालक फरार रहेको बताए।