पहिलो पटक मिर्गौला प्रत्यारोपण सफल
असार, ९ काठमाडौं । पोखरामा पहिलो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज५० वर्षीया महिलाको मिर्गौला ट्रान्सप्लान्ट गरिएको हो ।
प्रतिष्ठानका निर्देशक भरत खत्रीले करिव एक वर्षअघिदेखि तयारी थालिएको बताए । गत सालको असारदेखि प्रयास गरेका थियौं । अहिले सफल भयौँ, उनले भने, अब नियमित रुपमा ट्रान्सप्लान्ट गर्न सक्छौं ।
प्रतिष्ठानबाट दैनिक ३० जनाको डायलोसिस् हुँदै आएको छ । ती महिलालाई उनकै ५१ वर्षीय श्रीमानले मिर्गौला दिएका हुन् ।