थप ४३ जनामा कोरोना संक्रमण पुष्टि
असार,१० काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८५२ जनाको पीसीआर परीक्षणमा ३२ जना र १ हजार ७०३ जनाको एन्टीजेन परीक्षणमा ११ जना गरी ४३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट १४ जना निको भएका छन् भने हाल देशभर १८१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १७७ जना होम आइसोलेसनमा रहेका छन् भने ४ जना संस्थागत आइशोलेशन र २ जना आईसीयूमा छन् ।