स्याम्पूको झोलमा सुनको ब्रासलेट लुकाएर ल्याएको आरोपमा एक पक्राउ

असार, १० काठमाडौं प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई सुनसहित नियन्त्रणमा लिएको छ।
सिराहाका निरन्जन कुमार सिंहलाई सुनको ब्रासलेटसहित नियन्त्रणमा लिएको भन्सार कार्यालयका प्रमुख महेश भट्टराइले जानकारी दिए।
उनका अनुसार सिंहले सनसिल्क स्याम्पूको झोलमा मिसाएर १०० ग्राम सुन लुकाएर ल्याएका हुन्।
भट्टराईका अनुसार उनी आज बिहानको फ्लाइटमा नेपाल आएका हुन्।