अखिल क्रान्तिकारीले पनि मनायो धान दिवश
असार, १५ काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले धान दिवश मनाएको छ । क्रान्तिकारीले आज काठमाडौंमा धान रोपेर धान दिवश मनाएको हो ।
काठमाडौंको तारकेश्वर स्थित एम. डि. एस बहुउद्देश्यीय कृषी केन्द्रमा क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, महासचिव दिपेश पुनसहितका नेता कार्यकर्ताहरूले धान रोपेर असार १५ मनाएको नेता यादव ढुङ्गानाले बताए ।
विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि औपचारिक रुपमै राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।