Yeti Khabar

२०८१ मंसिर ९, आईतवार - Sun Nov, 2024 -

सहिद परिवारलाई मासिक २१ हजार भत्ता, सन्तानलाई छात्रवृति

असार, १६ काठमाडौं । मधेश प्रदेशमा मधेश आन्दोलन र जनयुद्धमा सहिद घोषणा भएका परिवारले मासिक भरणपोषण भत्ता पाउने भएका छन्।
आन्दोलनको क्रममा मृत्यु भई नेपाल सरकारले सहिद घोषणा गरेका परिवारलाई मधेसी सहिद प्रतिष्ठानले भरणपोषण बापत मासिक २१ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको हो।

भरणपोषण तथा छात्रवृत्ति सम्बन्धी कार्यविधि २०७९ को दफा (६) बमोजिम मधेश आन्दोलन तथा जनयुद्धमा शहीद भएका परिवारको आर्थिक अवस्था कमजोर भएको परिवारलाई पहिलो प्राथमिकतामा राखी मासिक अधिकतम २१ हजार रुपैयाँका दरले भत्ता दिने प्रतिष्ठानले निर्णय गरेको हो।

प्रतिष्ठानका कार्यकारी निर्देशक छठु चौधरीका अनुसार सहिदका सन्तानलाई वार्षिक छात्रवृत्ति दिइनेछ। यस्तै कक्षा १ देखि ६ सम्म १६ हजार रूपैयाँ र कक्षा ७ देखि १२ सम्म १८ हजार रुपैयाँ एकमुष्ट वार्षिक रुपमा छात्रवृत्ति दिने प्रतिष्ठानले जारी गरेको सूचनामा उल्लेख छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com