ज्ञापनपत्र कार्यान्वयन नगरेको विरोधमा मसाल जुलुस
असार, १७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंसहितका देशका विभिन्न ठाउँमा सरकारविरुद्ध मसाल जुलुस निकालेको छ । असार १ गते सरकारलाई बुझाइएको ज्ञापनपत्र कार्यान्वयमा ढिलासुस्ती भएको विरोधमा राप्रपाले मसाल जुलुस निकालेको हो ।
असार १ गते राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष २२ बुँदे ज्ञापनपत्र बुझाएको थियो ।