आगामी निर्वाचनका लागि मिडिया हाउससँगको समन्वय बढाउने
असार, १९ काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनको समिक्षा गर्दै आगामी निर्वाचनका लागि थप रणनीति तय गर्ने भएको छ । आज बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।
जसमा यही असारभित्र स्थानीय तहको निर्वाचन समिक्षा गरेर अव हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको तयारी गर्ने भएको हो । त्यसका लागि एमालेले अहिलेबाटै प्रचार संयन्त्र परिचालनको नीति बनाएको छ । जसमा पार्टीको एप प्रयोग गर्नेदेखि मिडिया हाउससँगको समन्वयमा वृद्धि गर्ने र सामाजिक सञ्जालको अत्याधिक प्रयोग गर्ने भएको छ ।
‘