करेन्ट लागेर एक जनाको मृत्यु
असार, २० काठमाडौं । बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । परवानीपुर गाउँपालिका– ५ बहुअरी बस्ने उपेन्द्र प्रसाद पटेलको छोरा ११ वर्षीय प्रिन्स पटेलको मृत्यु भएको हो ।
घरमा जडान भएको मोटर चालउने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए । उपचारका लागि वीरगञ्जस्थित मेडिसिटी बयोधा अस्पतालमा ल्याइएको थियो ।