गुल्मीमा चट्याङ लागेर १४ वर्षीय बालकको मृत्यु
असार २१, गुल्मी । गुल्मीमा चट्याङ लागेर १४ वर्षीय बालकको मृत्यु भएको छ ।
मदाने गाउँपालिका वडा -१ अग्लुङ निवासी १४ वर्षीय चन्द्र बिष्टको चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी भीमबहादुर दाहालले बताए ।
एसपी दाहालका अनुसार आज बिहान परेको चट्याङले लागेर घाइते बिष्टको उपचारको लागि गुल्मी अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो।