Yeti Khabar

२०८१ मंसिर ७, शुक्रबार - Fri Nov, 2024 -

मणिपुरमा पहिरोमा पुरिएर ४८ जनाको मृत्यु

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा पहिरोमा पुरिएर ४८ जनाको मृत्यु भएको छ । बेपत्ताको खोजी र उद्धारमा संलग्न अधिकारीहरूका अनुसार पहिरोमा परेर मृत्यु भएका अधिकांशमा प्रादेशिक सेनाका जवान छन् ।
पहिरो गएको आज छैटौँ दिन पनि खोजी तथा उद्धार जारी छ । रेलवे लाइन निर्माण स्थलको सुरक्षामा खटिएका सुरक्षाकर्मी पहिरोमा परेका थिए । राष्ट्रिय प्रकोप उद्धार बल, राज्य प्रकोप उद्धार बल, प्रहरी, दमकल, सेना, स्थानीय स्वयंसेवकसहित चारसयभन्दा बढी कर्मचारी उद्धारमा संलग्न छन् ।

पहिरोले तामेङलङ र नोनी जिल्लाबाट बग्ने खोला पूर्णरूपमा अवरुद्ध भएको छ । पहिरोका कारण खोलमा बाँधजस्तै संरचना निर्माण भएको छ । थुनिएको पानीले निकास पाएपछि तल्लो तटीइ क्षेत्र डुबानमा पर्ने सम्भावना रहेको जनाउँदै स्थानीय प्रशासनले त्यस क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानान्तरणका लागि तयार रहन निर्देशन दिएको छ । मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहले पहिरोलाई राज्यको इतिहासकै सबैभन्दा भयावहपूर्ण घटना भएको बताएका छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com