Yeti Khabar

२०८१ मंसिर १०, सोमबार - Mon Nov, 2024 -

यौन दुर्व्यवहार गर्नेलाई सात वर्ष कैद, दुई लाख जरिवाना

असार, २४ काठमाडौं । राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्नेलाई सुर्खेत जिल्ला अदालतले कैद र जरिवाना तोकेको छ।
जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात/सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको छ भने यौन दुर्व्यवहार भएको होटलका सञ्चालकलाई ३ वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना तोकेको हो।

बिहीबार उक्त फैसला भएको हो।

अदालतले युवतीमाथि यौन दुर्व्यवहार गर्ने चौमन घर्ती मगर र भूपेन्द्र बुढा मगरलाई सातरसात वर्ष कैद र जनही २ लाख रुपैयाँ जरिवाना तोकेको हो।

उनीहरूले पीडित राहत कोषमा जनही ८ हजार रुपैयाँ जम्मा गर्नुपर्नेछ।
यस्तै, होटल सञ्चालक मनबहादुर पुनलाई ३ वर्ष ६ महिना कैद र १ लाख रुपैयाँ जरिवाना तोकिएको छ भने ४ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्ज्वल रावलले जानकारी दिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com