बालबालिकालाई कोरोना विरुद्धको दोस्रो मात्रा खोप भोलीदेखि दिइने
साउन, १ काठमाडौं । ५ वर्ष देखि १२ बर्ष मुनिका २७ जिल्लाका बालबालिकालाई कोरोना विरुद्धको दोस्रो मात्रा भोली बाट खोप दिइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा फाइजर खोप लगाएका पाँच देखि ११ वर्षका बालबालिकालाई दोस्रो मात्रा खोप दिइने भएको हो ।
सोमबारदेखि साउन ८ गतेसम्म नजिकैको विद्यालयमा रहेको खोप केन्द्रबाट खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ ।