पुष्पकमल दाहाल ‘प्रचण्ड र बाबुराम भट्टराईबीच सिंहदरबारमा छलफल
साउन, ३ काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सांसद बाबुराम भट्टराईबीच सिंहदरबारमा बैठक भएको छ।
माओवादी संसदीय दलको कार्यालयमा उनीहरू दुई जनाबीच छलफल भइरहेको छ। बाबुरामलाई केही दिनअघि जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहले कारबाही गरेको छ।
समाजवादी केन्द्र बनाउने विषयमा बाबुरामले प्रचण्डसँग कुरा गरेको स्रोतको भनाइ छ।