जोरपाटीको एक घरमा बोरिङ खन्ने क्रममा ग्यास लेदो निस्कियो
साउन, ३ काठमाडौं । काठमाडौंको जोरपाटीको एक घरमा बोरिङ खन्ने क्रममा ग्यास र लेदो माटो निस्किएको छ । स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोरा निस्किएको प्रहरी वृत्त बौद्धले जनाएको छ ।
आज विहान साढे १० बजेदेखि निस्किएको लेदो माटोका कारण जोरपाटी चोकसमेत हिलाम्ये भएको छ । बोरिङ खनेको वरपरका १५–२० घरमा लेदो माटोले ढाकिएको छ । जमिनमुनिबाट निस्केको लेदो माटो र ग्यासलाई हावाले उडाएर टाढा टाढासम्म पुर्याएको छ । त्यस क्षेत्र भएर हिँडडुल गर्ने सर्वसाधारण पनि समस्यामा परेका छन् ।