काठमाडौंको ज्याठामा रहेको कल सेन्टर मा प्रहरीको छापा

साउन,११ काठमाडौं । काठमाडौंको ज्याठामा रहेको कल सेन्टरु मा प्रहरीले छापा मारेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ज्याठास्थित एक कल सेन्टरबाट चार जना चिनियाँलाई पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
प्रहरीले काठमाडौं महानगर-२६ ज्याठामा रहेको भियना होटल रहेको कम्पाउन्डमा सञ्चालन भइरहेको कल सेन्टरमा छापा मारेको हो।
उनीहरूबाट २६ वटा ल्यापटप, ४७२ वटा मोबाइल, एक लाख ९० हजार बराबरको रिचार्ज कार्ड, २० वटा सिम कार्ड लगायत बरामद गरेको हो।
उनीहरूले काठमाडौंमा कल सेन्टर सञ्चालन गर्ने भन्दै अवैध तवरले भारतीय नागरिकलाई ऋण प्रवाह गर्ने र चर्को ब्याज लगाउने गरेको खुलेको हो।
चिनियाँले नेपालीहरूलाई अवैध काममा लगाएको खुलेको हो। प्रहरीले यसअघि काठमाडौंकै तीनकुने र रूपन्देहीको बुटवलमा पनि छापा मारेको थियो।