२३ वटा कछुवासहित दुई जना पक्राउ

साउन,१२ काठमाडौं । २३ वटा कछुवासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-६ बौद्ध सिद्धार्थ ओरालो नजिकैबाट छत कछुवासहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
टोखा नगरपालिका-३ टोखाका २१ वर्षीय रमेश डंगोल र सुनसरी बह्राक्षेत्र नगरपालिका-९ प्रकाशपुर घर भई टोखा बस्ने २१ वर्षीय अनुराग मगरलाई पक्राउ गरेको हो।
प्रहरीले छा कछुवा बिक्री भइरहेको भन्ने सूचना पाएको थियो। सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूबाट जिवित कछुवा फेला पारेको हो।