थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि दुई जनाको मृत्यु

साउन,१३ काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप ५७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५७७ जनामा संक्रमण पुष्टि भएको हो।
४ हजार २८२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
दुई हजार ४७४ जनाको पिसिआर र एक हजार ८०८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा दुई जनाको मृत्यु भएको छ।