नीता ढुंगाना अस्पताल भर्ना
साउन, १६काठमाडौं । अभिनेत्री नीता ढुंगाना अस्पताल भर्ना भएकी छन् । एपेन्डिक्सको समस्या देखिएपछि उनलाई हिजो मेडिसिटी अस्पताल भर्ना गरिएको पति हरिहर अधिकारीले जानकारी दिए । हरिहरका अनुसार आज बिहान चिकित्सकले उनको एपेन्डिक्सको शल्यक्रिया गरेका छन् । उनको स्वास्थ्य अवस्था अहिले ठिक रहेको छ ।
हिजो लाजिम्पाटमा एक पार्लर उद्घाटन गर्न आयोजित कार्यक्रममा जाने क्रममा उनको स्वास्थ्यमा समस्या देखिएको थियो । त्यसपछि पहिले ओम अस्पताल लगिएको उनलाई त्यसपछि मेडिसिटी पुर्याइएको थियो ।