Yeti Khabar

२०८१ चैत्र २३, शनिबार - Sat Apr, 2025 -

कम्तीमा डेढ महिना मनकामना केवलकार बन्द हुने

साउन,१८ काठमाडौं । मनकामना केवलकार करिब डेढ महिनासम्म बन्द हुने भएको छ।
सञ्चालन प्रविधि स्तरोन्नति गर्न भन्दै आगामी साउन २३ गतेदेखि केबलकार सेवा ६ देखि ७ हप्तासम्म बन्द हुने भएको हो।
एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नती गर्न सेवा बन्द गर्न लागिएको मनकामना केवलकार प्रालिले जानकार दिएको छ।
चितवनको कुरिनटारबाट गोरखाको मनकामना मन्दिरसम्म जान यात्रुहरुलाई थप सहज र भरपर्दो सेवा दिनका लागि स्तरोन्नति गर्न लागिएको कम्पनीले जनाएको छ। स्तरोन्नतिका लागि अष्ट्रियाका प्राविधिक नेपाल आएको कम्पनीले जनाएको छ।

नयाँ प्रविधिमा गएपछि यो नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार हुने कम्पनीले दाबी गरेको छ।
‘स्तरोन्नति कार्य करिब पाँच देखि ६ हप्तामा सम्पन्न हुने छ। यस अबधिभर केबलकार सेवा बन्द रहे पनि बेस स्टेशनमा रहेको रेष्टुरेन्ट भने चालु रहने छ’, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ। सेतोपाटी बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com