नुहाउने क्रममा कुलोमा डुबेर एक बालकको मृत्यु
साउन, २१ काठमाडौं। कैलालीमा नुहाउने क्रममा कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ ।
टीकापुर नगरपालिका–१ को जमरा कुलोमा नुहाउने क्रममा डुबेर एकतानगर शिविरमा बस्ने लालसिंह परियारका १२ वर्षीय छोरा दिनेशको मृत्यु भएको प्रहरीले जनाएको छ ।
साथीहरुसँगै कुलोमा नुहाउने क्रममा डुबेर घाइते भएका परियारको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए ।