जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

साउन,२६ काठमाडौं । भक्तपुर नगरपालिका–९ भाने चोकस्थित धनबहादुर राईको टहरामा तास खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई हिजो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६० हजार १ सय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।