थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि
भदौ,१ काठमाडौं । पछिल्लो २४ घण्टामा ८५२ जना कोरोना संक्रमित थपिएका छन् । ६३८३ जनामा गरिएको नमुना परीक्षणमा ८५२ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ३२८ जना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् भने १८९७६७ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । सो समयावधिमा कोरोनाबाट कसैको मृत्यु भएको छैन ।