Yeti Khabar

२०८१ मंसिर ९, आईतवार - Sun Nov, 2024 -

मृत्यु भएको व्यक्तिलाई जीवित बनाएको भन्दै भ्रम फैलाएको आरोपमा पास्टर पक्राउ

मृत्यु भएको व्यक्तिलाई जीवित बनाएकोु भन्दै भ्रम फैलाएको आरोपमा बुटवलको एक चर्चका पास्टर पक्राउ परेका छन्।
सोमबार बिहान बुटवल उपमहानगरपालिका-११ बुद्धनगरबाट पास्टर राजेन्द्र गोतामेलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए। आइतबार सामाजिक सञ्जालमा एक जना मृतकलाई जीवित बनाएको भन्दै भिडिओ सार्वजनिक भएको थियो।

उनले सो भिडिओ भने अहिलेको नभएको बताएका छन्।

‘पुरानो हो भनेका छन्। यो यहाँको पनि होइन लमजुङ हो कि लुम्बिनीको हो भनेर भनेका छन्,’ प्रहरी नायब उपरीक्षक केसीले भने।
उनीमाथि के-कस्तो मुद्दामा अनुसन्धान गर्ने बुझ्न जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा लगिएको छ। त्यहाँबाट आदेश भएअनुसारकै मुद्दा चलाइने उनले बताए।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले यसरी भ्रम फैलाउनु दण्डनीय भएको बताउँदै यसबारे थप अनुसन्धान अघि बढाउने बताएका थिए।

सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा बुटवलको होली क्यालभरी चर्चका पास्टरले मृत व्यक्तिलाई पुनः जीवित गराएको भनिएको छ। विवेक सत्याल नामका फेसबुक प्रयोगकर्ताले सार्वजनिक गरेको भिडिओमा भुइँमा सुतेकी (मृत भनिएकी) महिलालाई एक पुरूषले केही शब्दहरू भन्दै हातले तानेर उठाएको देखिन्छ।

भिडि‌ओमा पास्टर भनिएका राजेन्द्र गोतामेले प्रभु यशुको प्रभावले मृत्यु भएकी महिलालाई पुनः जीवित गराएकोु भन्दै यशुलाई धन्यवाद दिनु भनेका छन्। गोतामेसँगै वरिपरि केही महिला तथा पुरूषहरूले समेत केही भन्दै गरेको भिडिओमा देखिन्छ।

भिडिओमा मृत भनिएकी महिला उठेपछि उनकी सासूलाई अगाडि बोलाएर विभिन्न अस्पताल लगेर लाखौं रुपैयाँ खर्च गरी उपचार गर्दा पनि निको नभएको भन्न लगाइएको छ।

सासू भनिएकी ती वृद्धाले बोल्दै गर्दा पास्टर राजेन्द्र गोतामेले एम्बुलेन्समा राखेर काठमाडौं लैजाँदासमेत निको नभएको तर ५/६ लाख खर्च भएको आफूले सुनेको भन्न लगाएका छन्। सेतोपाटी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com