दुई परिवारबीच झडप हुँदा एक जनाको मृत्यु
भदौ, ६काठमाडौं । कुलाको पानी खेतमा लगाउने विषमया दुई परिवारबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। कपिलवस्तु महाराजगन्ज नगरपालिका २ पडरीयास्थित सिंचाइ गर्ने कुलोको विषयलाई लिएर विवाद पछि झडप हुँदा एक जनाको स्थानीयको मृत्यु भएको हो।
कुलोमा पानी लाउने विषयमा विवादपछि अब्दुल हक मुसलमान र निजको छोरा वर्ष २० को सम्साद मुसलमानले स्थानीय ६८ वर्षीय जब्बार धुनिया र ३८ वर्षीय अब्दुल रहमानलाई कुटपिट गरेका थिए।
कुटपिटबाट गम्भीर घाइते भएका धुनियाको कपिलवस्तु अस्पताल तौलिहवा उपचारको क्रममा मृत्यु भएको हो ।