विप्लव समूहको बन्दकर्ताले भेटे धोवि कुटाई
भदौ‚ ७ काठमाडौ । ट्विटरमा आज मंगलबार बिहान विप्लव समूहका बन्दकर्ताले कुटाई खाइरहेको तस्बिर भाइरल भइरहेको छ । यस पछाडिको वास्तविकता भने त्योभन्दा अलिक भिन्न छ ।
बीपी राजमार्गमा नक्कली प्रेसरकुकर बम राखेर बाटो अवरुद्ध गर्ने प्रयास हुँदै थियो । बनेपाका स्कुल‚ कलेजबाट विद्यार्थीहरूलाई विप्लव समूहका कार्यकर्ताले सडकमा कुचो लगाउन जाउँ भन्दै बोलाए । चैतन्य क्याम्पस र काभ्रे क्याम्पसमा पढ्ने विद्यार्थीहरूका हातमा कुचो पनि तिनैले थमाए । विप्लवको नेकपा काभ्रेपलान्चोक जिल्ला सेक्रटरी दुर्गासिंह तामाङ बन्दको नेतृत्व गर्दै थिए ।
सवारी साधनाहरूमाथि तोडफोड सुरु भयो । सार्वजनिक बसका सिसा फुटाए । त्यसै बीचमा पुलिस आएर हस्तक्षेप गर्न थाल्यो । काभ्रे प्रहरी प्रमुख चक्रराज जोशी उनीहरु बन्दकर्ता नै भएको बताउँछन् । सडक सफा गर्न त अघिपछि पनि त सकिन्थ्यो‚ आजै झण्डा लिएर सडकमा आउनुपर्छ त ?
पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाका अनुसार अहिले पनि तीमध्ये विद्यार्थीहरू विप्लव समूहका कार्यकर्तासँग बनेपा प्रहरीमा नियन्त्रणमा राखिएका छन् । नीलडाम बस्नेगरी धेरै चुट्यो पुलिसले‚ छात्राहरूलाई कुट्न पुरुष पुलिसहरू धेरै आए‚’ तिमल्सिनाले भने । स्थानीय पत्रकारहरूका अनुसार उनीहरु विप्लव समूहका कार्यकर्ता होइनन् । उनीहरूलाई झुक्याएर बन्द अवरोधका कार्यक्रममा लगिएको थियो ।