भारतलाई पाकिस्तानको डर
सन् २०२१ को टी–ट्वान्टी विश्वकपमा पाकिस्तानले भारतलाई सहजै हरायो । पाकिस्तानले भारत विरुद्धको खेलमा १० विकेटको सहज जित निकालेको थियो । त्यसपछि भारत र पाकिस्तान कुनै खाले प्रतियोगितामा भिडेका छैनन् । भारत र पाकिस्तान विश्व क्रिकेटका चर्चिच राइभल हुन् ।
प्रतियोगिताको सुरुवात गर्ने क्रममा भारत टी–ट्वान्टी विश्वकपमा पाएको हारको बदला लिने योजनामा छ । एसियाकपको सर्वाधिक विजेता भारत सुखद सुरुवात गर्ने योजनामा छ । यता पाकिस्तान पनि आजको खेलमा सहज जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो सावित गर्ने योजनामा छ । अन्तिम पटकको भेटमा आफूलाई बलियो बनाएको पाकिस्तान आजको खेलमा ढुक्क छ ।
दुई पटकको विजेता पाकिस्तान यो पटक पनि उपाधि दावेदार टोली हो । भारत र पाकिस्तानबीच हालसम्म एसिया कपमा १३ खेलहरु भएका छन् । जसमा भारत बलियो देखिएको छ । भारतले १३ मध्य आठ खेलमा जित निकालेको छ । बाँकी खेलमा पाँच खेलमा पाकिस्तानले जित निकालेको छ । दुई टोलीबीचको एक खेलको नतिजा भने आएको थिएन ।
दुई टोलीबीचको नतिजा नआएको खेल सन् १९९७ मा कोलम्बोमा भएको खेल हो । भारत र पाकिस्तानबीच पछिल्लो पाँच भेटमा भारत हाबी हुँदै आएको छ । पछिल्लो पाँच भेटमा भारत ४ पटक विजयी भएको छ । रोहित शर्मा आफ्नो कप्तानीमा भारतलाई सफलता दिलाउने मनसायमा हुनेछन् । टी–ट्वान्टी विश्वकपमा खराव प्रदर्शन गरेको भारत रोहितको कप्तानीमा हुने भन्ने चर्चा छ ।
यता बाबर आजम टी–ट्वान्टी विश्वकपमा टिमका लागि उपाधि दिलाउन नसक्दा अहिले भने सफल हुने योजनामा छन् । प्रतियोगितामा ६ टोली सहभागी हुँदैछन् । एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।
समूह ‘ए’ मा साविक विजेता भारतसहित पाकिस्तान र हङकङ रहेका छन् ।
समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश तथा श्रीलंका रहेका छन् । प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छन् । सुपर चारमा एक अर्काविरुद्ध खेल्ने छन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ । एजेन्सी