घट्यो सुन चाँदीको मूल्य

भदौ,१३ काठमाडौं । आज सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।
आज छापावाल सुनको मूल्य ९४ हजार ५ सय र तेजावी सुनको मूल्य ९४ हजार रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य एक हजार १४५ रुपैयाँ प्रतितोला कायम भएको छ । हिजो पनि सुन चाँदीको मूल्य घटेको थियो ।