यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले पनि मनाए तिज

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथा
घटना चालीस वर्षअघिको हो। पशुपति परिसरमा तीजको लोकभाका घन्किँदै थियो। राता पहिरनमा सजिएका महिलाहरू हरितालिका तीज मनाउन गरगहनासहित चिटिक्क परेर आएका थिए।
उमिशा पाण्डे पनि केटीकै पहिरन र गरगहना लगाएर तीज मनाउन पशुपति पुगेकी थिइन्। उनले जुन दिनदेखि आफू लैंगिक रूपले महिला भएको पहिचान गरिन्, त्यही दिनबाट तीजको व्रत बस्न सुरू गरेकी हुन्र
पशुपतिनाथ मन्दिरमा जम्मा भएका अरू दर्शनार्थीहरूले भने उमिशाको यो पहिचान स्वीकार गरेनन्।
मैले स्वीकार गरेको आफ्नो परिचय समाजलाई सह्य भएन। त्यस दिन पशुपतिमा जम्मा भएको भीडले ममाथि दुर्व्यवहार गर्यो। मलाई जिउमा चिमोट्ने र बचन सुनाउने गर्न थाल्यो, चालीस वर्षअघिको तीज सम्झँदै उमिशाले भनिन्, मलाई एकदमै दुस्ख लाग्यो। आफूलाई थाम्न नसकेर म आफ्न साथीहरूसँग सरासर घर फर्किएँ।
यो चालीस वर्षमा पशुपतिलाई किनार पारेर बग्ने बागमतीमा धेरै पानी बगिसक्यो। उमिशाजस्ता यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको पहिचानलाई समाजले पहिलेभन्दा धेरै स्वीकार गर्न थालिसकेको छ। तर तीजमा व्रत बस्ने र मन्दिर गएर पूजापाठ गर्ने कुरा आउँदा भने आज पनि उनीहरूमाथिको विभेद उस्तै छ।
अघिल्लो वर्षको कुरा हो। चितवनकी नविना गुरूङ तीजको व्रत बसेकी थिइन्। उनी मन्दिरमै गएर भगवान शिवको पूजा गर्न चाहन्थिन्। तर जसै उनी मन्दिर छिर्न खोजिन्, त्यहाँका पुजारी र अन्य व्रतालु महिलाहरूले समेत उनको बाटो छेके।
मजस्तो पारलैंगिक मान्छेले मन्दिरको मूर्तिलाई छोयो भने अशुभ हुन्छ भन्दै मलाई पूजा गर्न दिइएन, नविनाले भनिन्, ‘तिमीहरूले पूजा गर्यौ भने देवता पनि तर्सिन्छ, अशुभ हुन्छ भनेर बचन सुनाएपछि म मन्दिरभित्र जान पाइनँ। बाहिरैबाट पूजा गरेर घर फर्किएँ।’
यति मात्र होइन, त्यसै वर्ष तीजमा नारायणगढको एक महिला समूहले तीजको दर खाने कार्यक्रम राखेको थियो। कार्यक्रममा नवीना र उनकी साथी सुनिता तामाङ पनि गएकी थिइन्। त्यहाँ पूजापाठ केही थिएन तर सामान्य दर खाने कार्यक्रममा पनि आफूहरूमाथि विभेद गरिएको नविना बताउँछिन्।
केही महिलाले हामीलाई हेर्दै छक्काहरू पनि आएका रहेछन् भनेर कानेखुसी गरे। हामीलाई राम्ररी नाचगान गर्न दिएनन्। दर खान लाम लाग्दा ुयस्ताहरूलाई किन बोलाएको होलारु कार्यक्रम नै बिग्रियोु भन्दै मुख बिगारे। कतिले त हामीलाई धकेल्न पनि थाले,ु उनले भनिन्।
उमिशा र नविनाजस्ता धेरै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरू तीज लगायत चाडपर्व मनाउँदा आफूहरूमाथि विभेद हुने गरेको बताउँछन्। खासगरी महिलाको पर्व भनिने तीजमै आफूहरूलाई मन्दिर छिर्न निषेध गरिँदा साह्रै खल्लो लाग्ने गरेको उनीहरूको अनुभव छ।
महिला अधिकार र बराबरीका कुरा गर्नेहरूले त हामीलाई विभेद गर्छन् भने अरूलाई बुझाउन त झन् धेरै समय लाग्छ, नविनाले भनिन्, यो वर्ष चाहिँ अलि सुधारिएको देखिन्छ।
नविनाले तीजको व्रत बस्न थालेको पाँच वर्ष भयो। यसबीच उनले चाडपर्व बेला आफूमाथि विभेदपूर्ण व्यवहार गर्नेविरूद्ध प्रहरीमा उजुरी पनि दिन थालेकी छन्। यसरी उजुरी दिन थालेपछि विभेद कम हुँदै गएको उनको अनुभव छ।
विभेद हुँदैछ भन्ने चाल पाएपछि चुप लागेर बस्न नहुने रहेछ। जति चुप लाग्यो, विभेद उति बढ्छ। हामीले त्यसको विरोधमा बोल्नुपर्ने रहेछ, उनले भनिन्।
मानव सचेत समाजका कार्यक्रम संयोजक देवकुमार श्रेष्ठ पनि तीज मनाउन पहिलेभन्दा सहज हुँदै गएको बताउँछन्।
उनका अनुसार पहिला एउटा कोठाभित्र लुकेर र कसैले केही भन्लान् कि भनेर डराउँदै तीज मनाउनुपर्थ्यो। अहिले त्यो हट्दै गएको छ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरू पनि खुलेर बाहिर आउने र तीज बेला ठाउँठाउँमा खुलेर नाच्न थालेको उनी बताउँछन्।
नीलहिरा समाज (ब्लु डाइमन्ड सोसाइटी) की अध्यक्ष पिंकी गुरूङ सांस्कृतिक अधिकारका दृष्टिले पनि आफूहरूले तीज मनाउन पाउने बताउँछिन्।
ुतीजले हाम्रो समुदायका व्यक्तिहरूलाई दुःख पीडा पोख्ने ठाउँ दिएको छ। यो भनेको विवाहित महिलाहरू माइती गएर आफ्नो सुखदुस्ख पोख्ने चाड हो। तर हामीलाई त परिवारले नै बहिष्कार गरेको छ, हामी कहाँ गएर आफ्नो सुखदुस्ख पोख्नेरु कसलाई गएर आफ्नो वेदना सुनाउनेरु’ गुरूङले भनिन्।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका महिलाहरूलाई तीज मनाउन सहज होस् भनेर ब्लु डाइमन्ड सोसाइटीले आफ्नो स्थापनाकालदेखि तीज कार्यक्रम आयोजना गर्दै आएको छ। यसले पनि यौनिक तथा लैंगिक अल्पसंख्यकहरूका लागि तीज मनाउन सहज हुँदै गएको अध्यक्ष गुरूङ बताउँछिन्। सेतोपाटी बाट