प्रतितोला १८ सयले घट्यो सुनको मूल्य

भदौ,१५ काठमाडौं । सुनको मूल्य एकै दिन तोलमा ८ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । महासंघकाअनुसार सुनको मूल्य ओरालो लागेको यो लगातार पाँचौं दिन हो ।
आज छापावाल सनुको मूल्य तोलामा ९४ हजार रुपैयाँ, तेजावी सनुको मूल्य ९३ हजार ५ सय र चाँदीको मूल्य एक हजार १३० रुपैयाँ प्रतितोला कायम भएको छ ।
हिजो ९४ हजार ८ सय रुपैयाँमा छापावाल, ९४ हजार ३ सय रुपैयाँमा तेजावी र एक हजार १४५ रुपैयाँ तोलामा चाँदीको कारोबार भएको थियो । महासंघका अनुसार भदौ ९ यता सुनको मूल्य निरन्तर घटेको छ ।
९ भदौमा ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य १५ भदौसम्म आइपुग्दा तोलामै १८ सय रुपैयाँले घटेको हो ।