बेवारिसे अवस्थामा एक नवजात शिशु फेला
भदौ,१५ काठमाडौं । रुपन्देहीको शुद्धोधनमा गाउँपालिकामा आज बेवारिसे अवस्थामा एक नवजात शिशु फेला परेको छ। शुद्धोधन गाउँपालिका ४ स्थित फर्साटिकरमा खेतमा विहान शिशु जन्माएर फालेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनको स्वास्थ्य अवस्था ठिक रहेको छ ।
जिल्ला प्रहरी प्रवक्ता श्यामु अर्यालका अनुसार शिशुलाई उद्दार गरी लुम्बिनी प्रदेशिक अस्पतालमा राखिएको छ ।